Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिन खोज्दैछः युक्रेन


    बिहिबार, चैत्र २४ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ ।  ‘रुसी सेनाले पूर्वीयुक्रेनको दोनबास  क्षेत्रमा आक्रमणको लागि पुनः संगठित र अनुसन्धान सञ्चालन गरिरहेको छ’, युक्रेनी सशस्त्र बलहरूले युद्धको ४२औँ दिनमा आफ्नो अपडेटमा भनेको छ । 

    रूसी सेनाको मुख्य प्रयास दोनेत्स्क क्षेत्रमा युक्रेनी फौजको प्रतिरक्षा तोड्नु रहेको पनि अपडेटमा उल्लेख छ । रुसी फौजले उत्तरपूर्वी खार्किभमा निरन्तर गोलाबारी गरिरहेका छन् । 

    सैन्य कार्गो द्रुत रूपमा सार्न रूसी सेनाहरूले रेलवे लाइनहरू प्रयोग गरिरहेका छन् ।  हतियार र अन्य उपकरणहरू रूसको बेलगोरोडको भालुयकी स्टेसनबाट उत्तरपूर्वी युक्रेनको कुप्यान्स्क रेलवे स्टेसनमा पुगेको छ । 

    युक्रेनी सेनाले युक्रेनको दक्षिणमा खेर्सननजिक रहेको ओसोकोरिभकालाई रुसी सेनाबाट फिर्ता लिएको जनाएको छ, यद्यपी यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार