Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कारको ठक्करबाट ललितपुरमा दुई वर्षीय बालकको मृत्यु


    बिहिबार, चैत्र २४ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय एक बालकको मृत्यु भएको छ ।

    बा १६ च ३६८७ नम्बरको कारले हिजो साँझ साढे ५ बजे ठक्कर दिंदा रामेछाप घर भई लुभु बस्दै आएका दुई वर्षीय बालक आर्यन पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    कारको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ललितपुरको ईमाडोलस्थित किष्ट मेडिकल कलेजमा हिजो साँझ सवा ६ बजे मृत्यु भएको हो ।

    कार सहित चालकलाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार