Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मस्जिद जिर्णोद्वारको ठेक्का पाएको कम्पनी सम्पर्कविहीन, ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनी


    बिहिबार, चैत्र २४ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मस्जिद जिर्णोद्वारको ठेक्का पाएको एक कम्पनी काम नै नगरी सम्पर्कविहीन भएपछि पुरातत्व विभागले कारबाहीको चेतावनी दिएको छ ।

    तनहुँको भिमाद नगरपालिका १० मा मस्जिद जिर्णोद्वारका लागि विभाग र वाइल्डस्टोन कन्स्ट्रक्सन ब्यासबीच ३ चैत ०७७ मा सम्झौता भएको थियो ।

    तर, थपिएको म्याद गुज्रिएको चार महिना वित्दा पनि निर्माणको काम ३० प्रतिशत मात्र सकिएको छ । निर्माणको काम पनि स्वीकृत ड्रइङ डिजाइनअनुसार नभइ त्रुटिपूर्ण रहेको विभागको भनाइ छ ।  

    काम सच्याएर थप काम अगाडि बढाउन सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएको भन्दै  विभागले ठेक्का रद्द गरेर कालोसूचीमा राख्न सिफारिस गर्ने चेतावनी दिएको हो  ।  

    विभागले कम्पनीलाई ४ फागुनमा पत्राचार गरेको र  १२ फागुनमा सार्वजनिक सूचना जारी गरिएको जनाएको छ । तर, ठेकेदार कम्पनी सम्पर्कमा नआएपछि बिहीबार पुनः सार्वजनिक सूचना जारी गरेर सात दिने स्पष्टिकरण सोधिएको हो ।

    सम्झौता अनुसार १५  असार ०७८ मा काम सम्पन्न गर्नुपर्ने भए पनि  २७ पुस ०७८ सम्म म्याद थपिएको थियो । उक्त म्याद पनि गुज्रिसकेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार