Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज चैत २४ गते बिहिवारको राशिफल


    बिहिबार, चैत्र २४ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं। आज २४  चैत बिहिवार २०७८ । तद्नुसार  अप्रिल महिनाको ७ तारिक ।यस्तो छ  आजको भाग्यफल 

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    शुभकार्यको चर्चा चल्नेछ । लाभदायक योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा पनि फाइदा होला ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सजग रहनु होला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    धार्मिक कृत्यको योग छ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । सामाजिक कार्यमा मन जानेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज दैनिक कार्यमा प्रगति हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सञ्चार र प्रविधि मार्फत आफन्तसँग भेटघाट रहनेछ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

    आज बन्न लागेको काम बिग्रिनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय पनि उत्तिकै रहनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजना पनि बन्नेछ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    वित्तिय संस्थाबाट सहयोग पाइनसक्छ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । मान प्रतिष्ठामा वृद्धि होला । समाजिक कार्यमा मन जानेछ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    आज आफन्तको प्रगतिमा मन रमाउन सक्छ । विशिष्ट व्यक्तिको साथ र सहयोग पनि पाइनेछ । शेयर बजारले पनि साथ दिनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसर पनि दिलाउनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    शुभकार्यको चर्चा चल्नेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार