Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ठमेलमा पाँच तोलाको सुनको सिक्री लुटपाट गर्ने एक जना भारतीय पक्राउ


    बुधबार, चैत्र २३ २०७८
    570
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिका–२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको पाँच तोला सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा काठमाडौंको लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङ रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका–२ उत्तरगेटबाट उक्त सुनको सिक्री सहित फेला पारी पक्राउ गरेको हो । 

    उनीमाथि चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार