Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ८ लाख भन्दा धेरै रकमसहित कौडा खेल्‍ने १३ जना पक्राउ


    बुधबार, चैत्र २३ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  भक्तपुर । प्रहरीले भक्तपुरको चाँगुनारायणस्थित होटलमा कौडा खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ ।

    चाँगुनारायण नगरपालिका-६ नगरकोट गैरीगाउँ बस्ने ३७ वर्षीय मन बहादुर तामाङको न्यू गन्तव्य रेष्टुरेन्ट एण्ड होटलबाट कौडा खेलिरहेको अवस्थामा मन बहादुरसमेत १३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ८ लाख २२ हजार ६० रूपैयाँ र १६ थान कौडा बरामद गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार