Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आइपीएल : राजस्थानलाई हराउदै बेंगलोरको दोस्रो जित


    बुधबार, चैत्र २३ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा  राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ । 

    १७० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १९ ओभर एक बलमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । 

    बेंगलोरको जितमा  विकेटकिपर दीनेश कार्तिकले  सर्वाघिक ४४ रन बनाए ।  कप्तान फाफ डु प्लेसिसले २९ रन बनाए । 

    राजस्थानका युजभेन्द्र चहल र ट्रेन्ट बोल्टले समान २ विकेट लिए । 

    त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाउँदै १६९ रनको योगफल तयार पारेको थियो । 

    राजस्थानका जस बटलरले सर्वाधिक ७० रन बनाए ।  शिम्रन हेटमायरले ४२ रनको योगदान गरे । बेंगलोरका डेविड विल्ली, वानिन्दु हसरंगा र हर्षल पटेलले समान १ विकेट लिए ।

    बैंगलोरको यो दोस्रो जित हो भने राजस्थानको पहिलो हार हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार