Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य,खाना पकाउने ग्याँसको मूल्यमा पनि बृद्धि


    बुधबार, चैत्र २३ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। आयल निगम संचालक समितिको  हिजो मंगलबार बसेको बैठकले  राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । 
    मूल्य बृद्धिपछि  पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।

    निगमले पेट्रोल, डिजल र मट्टितेलसँगै खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार