Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आज चैत २३ गते बुधवारको राशिफल


    बुधबार, चैत्र २३ २०७८
    380
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं। आज २३  चैत बुधवार २०७८ । तद्नुसार  अप्रिल महिनाको ६ तारिक ।यस्तो छ  आजको भाग्यफल 

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च नै रहनेछ ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आज आफन्त र राज्यबाट मान सम्मान पाइनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज समाजमा हितको लागि लाभदायक छलफल हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    आज नयाँ कार्यको योजना बन्ने वा प्राप्ति हुनेछ । सामाजिक र कूटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । भूमिबाट पनि लाभ नै रहला ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका पाइएला ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सफल र माइलो यात्राको योग रहेको छ । धर्मकर्ममा मन लाग्नेछ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    आज भाग्यले विभिन्न अवसर जुराउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउला । शुभ कार्यको चर्चा पनि चल्नेछ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ । स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार