Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्थमन्त्रीज्यू आ.व .०७८/०७९ को बजेट बक्तब्यको बुदा नं ६० खै ?


    मंगलबार, चैत्र २२ २०७८
    2.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काडमाडौं । आर्थिक वर्ष ७८/७९ को बजेट बक्तब्यको बुदा नं ६० मा सामाजिक सुरक्षा कोषमा आबद्व रोजगारदाता र योगदानकर्ताले जम्मा गर्नुपर्ने योगदान रकम २०७८ जेठ र असार महिनाको योगदान नेपाल सरकारले जम्मा गरिदिनेछ भनी उल्लेख छ ।

     सोही अनुसार सामाजिक सुरक्षा कोषमा आबद्व ३२५६६४ योगदानकर्ता र १७०१५ रोजगारदाता अर्को आ.व. को बजेट बक्तब्य आउन लाग्दा समेत नपाएको गुनासो दिन दिनै गरिरहेका छन् ।नेपालमा सामाजिक सुरक्षा कोषले सबै प्रकारका रोजगारीमा रहेका कामदारलाई आवद्व गराउनका लागि विशेष पहल गरिरहेको  छ । तर यस्तो निराशाले कसरी सरकार प्रतिको विश्वास बढ्ला त ? मिश्रित अर्थव्यवस्था अगालेको हाम्रो मुलुकको अर्थतन्त्र अब कसरी अगाडि बढाउने हालका अर्थमन्त्रीको के योजना होला त रु जन जनको प्रश्न छ ।

    यहि रुपले अगाडि बढेमा देशको अर्थतन्त्र कता जाला रुसबै आर्थीक सुचकमा गिरावट सरकारको तीन खम्बे अर्थनिति र समाजवाद  उन्मुख अर्थतन्त्र कसरी अगाडि बढ्ला रु लक्ष्य हासिल हुने कुरा त सोच्नै सकिन्न ।

    यस्तो संवेदनशील अवस्थामा बैक तथा वित्तीय परामर्शको सल्लाह  लिएर संकटको समाधान खोज्ने कुराको सट्टा नोटबन्दीको कुरा समय सान्दर्भिक छ  त ? यस्तै अबस्था रही रहे  चालु आ.व.अन्तसम्म मुलुकको आर्थिक लक्ष्य हासिल होला त ? बैक तथा वित्तिय संस्था र अर्थतन्त्रको  एउटा खम्बाको रुपमा रहेको सहकारी क्षेत्रको अबस्था के होलार? त्यसैले अर्थमन्त्रीज्यू हरेक प्रश्नको हल कता छर? बजेटको कार्यान्वयन कहिले हुन्छ उचित जवाफ दिन सक्नु पर्ला कि ? समाज यही र यस्तै  यस्तै प्रश्नको उत्तरको प्रतिक्षामा छ । 

    buda.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार