काठमाडौं । उदयपुरको कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको हत्यामा संलग्न भएकाे आरोपमा उनकै साथी पक्राउ परेकी छन् ।
वियरको बोतल र ढुंगा प्रहार गरेर सुनुवारकाे हत्या गरेकाे आरोपमा उनकै साथी १७ वर्षीया नाबालिका र १९ वर्षीय विनोद ढकाललाई पक्राउ गरेको छ ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक कविता सुनुवारसँगै कक्षा १० मा पढ्ने उनकी साथी नाबालिकाबीचको झगडाका क्रममा हत्या भएको देखिएको छ । त्यही विवादमा काकाका छोरा विनोदसँग मिलेर हत्या गरिएको पाइएको छ ।’
प्रहरीका अनुसार प्रवेशिका परीक्षाका लागि ट्यूसन पढ्नलाई मंगलबार बिहान तिनैजना सँगै निस्किएका थिए । ‘विनोद त्यो स्कुलमा पढ्ने होइनन्, तर बहिनीलाई पुर्याउन भन्दै गएका थिए’ अनुसन्धानमा संलग्न अधिकृत भने, ‘बाटोमा विवाद बढ्यो र सुरुमा वियरको बोतल र पछि ढुंगाले हानेर हत्या गरेको पाइएको छ ।’