Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भ्युटावरको काउन्टरमा हरितपार्कको शिलान्यास


    मंगलबार, चैत्र २२ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महोत्तरी । भ्यु टावरको उद्‍घाटन तथा शिलान्यासको प्रतिस्पर्धा चलिरहेका बेला महोत्तरीमा हरित पार्कको  शिलान्यास गरिएकाे छ ।

    चुरे संरक्षण तथा जलवायु परिवर्तनलाई मध्येनजर गर्दै हरित अभियान अन्तर्गत हरितपार्कको अवधारणा अगाडि आएको अभियन्ताको भनाइ छ ।

    आइतबार एक कार्यक्रमकाबीच बर्दिबास नगरपालिकास्थित रातु नदीको किनारमा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले अत्यधुनिक हरित पार्कको शिलान्यास गरे ।

    रातु नदीले बनाएको बालुवाको बगरमा हरितपार्क बनाउने गुरुयोजना रोटरी क्लब अफ बर्दिबासले अगाडि बढाएको हो । रोटरी क्लब अफ बर्दिबासको पहलमा झण्डै १० करोड लगानीमा अत्यधुनिक पार्कको निर्माण प्रक्रिया औपचारिकरुपमा अगाडि बढेको छ ।

    झण्डै १५ कठ्ठा जमिनमा बन्न लागेको हरित पार्कमा बाेटबिरुवा रोपेर सुन्दर बनाइने बताइएको छ । पार्क निर्माणमा पारम्भिक चरणमा १ करोड ६१ लाख लागत अनुमान गरिएको छ ।

    कुल लागतको बर्दिबास नगरपालिकाले ३१ लाख र वन तथा भू-संरक्षण विभागबाट ७४ लाख  बजेट बिनियोजन भएको रोटरी कलब अफ बर्दिबासका अध्यक्ष बिष्णु खडकाले जानकारी दिए ।

    हरित अभियान अन्तर्गत नै जिल्लाका विभिन्न ठाउँमा गरी ३ लाख बिरुवा रोपिएको नेता पोखरेलले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार