Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इमरान खानले गरे पूर्वप्रधानन्यायाधीश गुलजारलाई कामचलाउ प्रधानमन्त्रीमा प्रस्ताव


    मंगलबार, चैत्र २२ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • इस्लामावाद।पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पूर्वप्रधानन्यायाधीश गुलजार अहमदलाई पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका छन् । जारी राजनीतिक संकटबीच पीटीआई अध्यक्षसमेत रहेका प्रधानमन्त्री खानले अहमदलाई काचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका हुन् । 

    आईतबार प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपति डा. अरिफ अल्भीले पाकिस्तानको संसद विघटन गरेका थिए । खानविरुद्धको अविश्वासको प्रस्तावलाई तल्लो सदन नेसनल एसेम्ब्लीका  उपसभामुखले खारेज गरेपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेका थिए ।

    अविस्वासको प्रस्तावको खारेजी र संसद विघटनविरुद्ध विपक्षीले सर्वोच्च अदालतमा उजुरी दिएका छन् । उजुरीबारे आज सुनुवाई हुँदैछ । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार