Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मछिन्द्र र ब्लु स्टार भिड्दै


    मंगलबार, चैत्र २२ २०७८
    400
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। एएफसी कप-२०२२ को समूह चरणमा स्थान बनाउनुअघि  प्ले अफ खेलमा नेपालको शीर्ष डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले आज (मंगलबार) श्रीलंकन सुपर लिग च्याम्पियन  ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

    ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो पटक च्याम्पियन भएको मछिन्द्रले सातौं चरणमै शीर्ष स्थानमा रहदै प्लेअफ खेल्न पहिलो पटक  नेपालको प्रतिनिधित्व गर्ने भएको हो । 

    खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न  ५ बजे सुरु हुनेछ । खेल अघि कन्सर्ट हुने आयोजकले जनाएको छ ।

    यस खेलको विजेताले दोस्रो चरणमा २९ चैतमा भारतको मोहन बगानसँग खेल्नेछ । यस खेलको विजेता समूह चरणमा स्थान बनाउने छ ।

    खेलको टिकट दर भिआईपी तर्फ १ हजार र सामान्य तर्फ  ५ सय राखिएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार