Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु, १२ घाइते


    सोमबार, चैत्र २१ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

    क्यालिफोर्निया राज्यको राजधानी सेक्रामेन्टोको रेष्टुरेन्ट र बारहरु रहेको व्यस्त इलाकामा स्थानीय समय अनुसार आइतबार बिहान गोली चलेको थियो । गोली चलेपछि प्रहरीले पनि जवाफी कारबाही गरेको थियो ।

    घटनामा संलग्नको पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    अमेरिकामा गोली काण्डबाट हरेक वर्ष करिब ४० हजार जनाको मृत्यु हुने गरेको छ । यसमा आत्महत्याको संख्या पनि संलग्न छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार