Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आजको मौसम पूर्वानुमान


    सोमबार, चैत्र २१ २०७८
    490
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । हाल देशमा भारतको बिहार  आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ। प्रदेश १ मा आंशिक देखि  सामान्य बदली रही देशको अन्य भू भागमा मौसम सामान्यतया सफा रहेको छ।   

    मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    मंगलबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू भागमा आंशिक बदली रहने छ। प्रदेश १ को पहाडी भू-भागका केही स्थानमा र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    बुधबार प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ को पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार