Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युवालाई प्रेरणा दिने लघु चलचित्रसम्बन्धी कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने


    सोमबार, चैत्र २१ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवा संघ नेपालले आयोजना गरेको लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई आज सोमबार सम्बोधन गर्दैछन् । 

    चाबहिलस्थित चलचित्र बोर्डको कार्यालयमा अपराह्न ४ बजे ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन् । 

    युवा संघले युवालाई उत्प्रेरणा जगाउने खालका लघु चलचित्र निर्माण गर्ने प्रतियोगिता आयोजना गरेको र आज ग्राण्ड फिनाले भएकाले अध्यक्ष ओलीले सम्बोधन गर्ने भएको संघका सचिवालय सदस्य दुष्यान्त दाहालले बताए । 

    दाहालका अनुसार उत्कृष्ट लघु चलचित्रहरू छनोट भइसकेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार