Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १५ लाख जरिवानाको फैसला सुनाएका फरार अभियुक्त प्रहरीकाे फन्दामा


    आइतबार, चैत्र २० २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)को टोलीले बैंकिङ मुद्दाका फरार अभियुक्त बौद्धबाट पक्राउ परेकाे छ।

    प्रहरीले इलामको सन्दरकपुर गाउँपालिका-४ भोटेगाउँ घर भई हाल तार्केश्वर नगरपालिका-५ लोलाङ बस्‍ने ४२ वर्षीय डाकमान गुरूङलाई आइतबार बौद्धबाट पक्राउ गरेको हाे ।

    उच्च अदालत पाटनले २०७८ फागुन २९ गते उनलाई तीन दिन कैद र १५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

    गुरूङले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी विभिन्न मितिमा चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार