Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • औषधि आयात ठप्प पार्ने औषधि व्यवसायी संघको चेतावनी


    आइतबार, चैत्र २० २०७८
    430
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले माग सुनुवाइ नगरेको भन्दै नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)ले वैशाख १ गतेदेखि औषधि आयात ठप्प गर्ने चेतावनी दिएको छ ।

    शनिबार बसेको बैठकले आफ्नाे मागको सम्वन्धमा कुनै सुनुवाई नभएको भन्दै वैशाख १ गतेदेखि औषधि आयातमा रोक्ने निर्णय गरेको हो ।

    संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार औषधि निर्यात गर्ने मुलुकको एमआरपी मूल्य अनुसार समायोजन हुनुपर्ने माग छ ।

    ‘आयातित औषधिमा कन्ट्री अफ ओरिजिन अनुसार त्यहाँको एमआरपी जे छ नेपालमा पनि त्यही एमआरपीमा पैठारी सिफारिस पत्र नवीकरण गर्नपाउनु पर्छ भन्ने हो,’ श्रेष्ठले भने,’ सरकारले ९६ वटा औषधिको मूल्य तोकेको छ त्यसबाहेकका औषधिहरुको मूल्य कन्ट्री अफ ओरिजिन अर्थात जहाँबाट औषधि उत्पादन हुन्छ त्यहाँको मूल्य अनुसार बेचबिखन गर्न पाउनुपर्छ ।’

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार