Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर : हेर्नुहोस् कति पुग्यो डलरको मूल्य ?


    आइतबार, चैत्र २० २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ९७ पैसा र विक्रीदर १२१ रुपैयाँ ५७ पैसा पुगेको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७७ पैसा र विक्रीदर १३४ रुपैयाँ ३३ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ८८ पैसा र विक्रीदर १५९ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    यस्तै, आज स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ८८ पैसा र विक्रीदर १३१ रुपैयाँ ५१ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८५ पैसा र विक्रीदर ९१ रुपैयाँ ३१ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ८५ पैसा रहेको छ भने विक्रीदर ९७ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार