Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हिमा गाउँपालिकालाई बालविवाहमुक्त घोषणाको तयारी


    आइतबार, चैत्र २० २०७८
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    जुम्ला । जुम्लाको हिमा गाउँपालिकालाई बालविवाहमुक्त घोषणाको तयारी गरिएको छ । संविधान र बालबालिका सम्बन्धी ऐनले बालविवाह निषेध गरेकाले अभियानलाई सफल बनाउन गाउँपालिकाले पनि बालविवाहमुक्त घोषणा गर्न थालेको हो ।

    बालविवाहले नै समाजिक, आर्थिक लगायतका हिंसा निम्त्याएको भन्दै यसलाई रोक्ने हिमा गाउँपालिकाले कार्यविधिसमेत बनाएको छ ।

    गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार बालविवाहसम्बन्धी सूचक तयार पारेर विद्यालय र वडा स्तरमा सचेतनाका कार्यक्रम सञ्चालनमा छन् । ‘कक्षा ८ देखि १० सम्मका किशोरकिशोरीले पनि  बिवाह गरेको पाइयो । यसलाई रोक्न विद्यालयस्तरमा कक्षा दिन थालिएको छ’  उनले भने ।

    गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाका अनुसार केही दिन भित्र बालविवाहमुक्त घोषणा गरिनेछ ।  सात वटै वडाको तथ्यांक हेर्दा हेर्दा ८२.२ प्रतिशतले बालविवाह रोकिएकाले उनले  बताइन् ।

    प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले  बालविवाहको क्षेत्रमा सूचक बनाएयर काम गर्ने  यो पालिका भएको दाबी गरे ।  उनका अनुसार बालविवाहमुक्त गाउँ (टोल) हुँदै वडा घोषणा गरिने छ । त्यसपछि पालिकालाई नै बालविवाहमुक्त घोषणा गरिनेछ ।

    जुम्ला जिल्लाका सरकारी वकिल रेनुका राईले २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु गैरकानुनी रहेको बताइन् ।  बालविवाह गर्ने गराउनेलाई  ३ वर्ष कैद र जरिवानाको व्यवस्था रहेको बताउँदै उनले त्यस्तो विवाह नै स्वतः रद्द हुने बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार