Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनीमा मंगलबारदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप


    आइतबार, चैत्र २० २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । लुम्बिनी प्रदेशमा २२ चैत अर्थात मंगलबारदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । प्रदेशमा खोप लगाउनुपर्ने १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकाको जनसंख्या १३ लाख छ ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले लुम्बिनीमा १३ लाख १३ हजार ९८९ लाई टायफायडोीरुद्धको खोप लगाउने तयारी भएको जानकारी दिए ।

    उनले टाइफाइडबाट बच्नका लागि थाइपोइड खोप लगाउने तयारी भएको जानकारी गराए । उनले भारतमा उत्पादित खोपको प्रभावकारिता ९६-९५ प्रतिशत रहेकोले डर नमानी खोप लगाउन आग्रह गरे ।

    खोप अभियान २८ चैतसम्म सञ्चालन हुनेछ । विद्यार्थीको वार्षिक परीक्षा भएकोले वैशाख अघि नै खोप अभियान सकिने स्वास्थ्य निर्देशनालयले जनाएको छ । दूषित पानीको कारणले लाग्ने टाइफाइड, अस्पताल भर्ना हुनेको कारणमध्ये चौथो कारण भएकोले अभियान नै सुरु गरेर कार्यक्रम गर्न लागिएको स्वास्थ्य निर्देशनालय लुम्बिनीका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए ।

    यो अभियान पहिलो पटक चलेको बताउदै आगामी दिनमा नियमित लगाउन मिल्नेगरी अगाडि बढिने उनको भनाइ छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार