Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युक्रेनको बुचा सहरमा २० सर्वसाधरणको शव छरिएको अवस्थामा फेला


    आइतबार, चैत्र २० २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी
    किभ । युक्रेनी सेनाले राजधानी किभनजिकैको बुचा सहरको सडकमा कम्तीमा २० सर्वसाधारणको शव फेला परेको जनाएका छन् । सो सहरलाई युक्रेनी सेनाले रुसी फौजबाट हालै आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो । फेला परेका २० ओटै शव पुरुषहरूको रहेको बताइएको छ । तीमध्ये एउटा शवको दुबै हात पछाडि बाँधिएको थियो ।

    शवहरू  राजधानीको उत्तरपश्चिमको आवासीय सडकमा छरिएका थिए । मृत्युको कारण प्रस्ट हुन सकेको छैन । यद्यपि, एक जनाको टाउकोमा ठूलो चोट लागेको थियो । 

    राजधानी किभलाई घेरा हाल्ने प्रयास बिफल भएभएछि रुसी फौज किभनजिकैका धेरै सहरहरूबाट फर्किएको छ भने युक्रेनले बुचा ‘स्वतन्त्र’ भएको  घोषणा गरेको छ ।
    तर युद्धका कारण सहर ध्वस्त बनेको छ ।  अपार्टमेन्ट ब्लकहरू गोलाबारीले छिया छिया बनेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार