Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मलेसियाविरुद्ध नेपाल ब्याटिङमा


    शनिबार, चैत्र १९ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । 

    त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

    खेलमा नेपालले एक परिवर्तन गरेको छ । सोमपाल कामीलाई आराम दिंदै कमल सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ ।

    खेलमा मलेसिया गर या मरको स्थितिमा मैदान उत्रने छ भने नेपाल सिरिजमा अपराजित रहँदै फाइनल पुग्ने दाउमा हुनेछ ।

    मलेसियाले आफ्नो पहिलो खेलमा पीएनजीलाई ८ रनले पराजित गर्दै सुखद सुरुवात गरेको थियो । तर थप दुई खेलमा मलेसिया नेपालसँग ६ विकेट र पीएनजीसँग ८ विकेटले पराजित हुँदा तालिकाको पुछारमा छ ।

    मलेसिया र पीएनजीले समान १-१ खेल जितेपनि रनरेटको आधारमा पीएनजी अगाडी छ । तीन खेलमा तीन जित निकालेको नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार