Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वकप ड्र : फ्रान्सलाई सहज, स्पेन र जर्मनी एकै समूहमा


    शनिबार, चैत्र १९ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको समूह विभाजन ड्र सार्वजनिक भएको छ ।

    कतारको दोहामा शुक्रबार एक कार्यक्रमको बीच विश्वकपको समूह चरणको समूह विभाजन सार्वजनिक गरिएको हो ।

    फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर  ड्र गरेको हो । worldcup 1.jpg 

    कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।

    सार्वजनिक ड्र अनुसार साविक विजेता फ्रान्स समूह डी  मा परेको छ ।

    तुलनात्मक सहज रहेको यस समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली रहनेछ । यस समूहमा युएई, अष्ट्रेलिया र पेरु मध्ये एक टोली आउने छन् ।

    यस्तै उपाधि दाबेदार स्पेन र जर्मनी एकै समूहमा परेका छन् । यस समूह ई मा स्पेन, जर्मनी र जापान छन् । यस्तै कोस्टारिका र न्युजिल्याण्डबीचको विजेता यस समूहमा हुने छन् ।

    लियोनल मेस्सीको टोली अर्जेन्टिना समूह सी मा रहेका छन् । यस समूहमा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया छन् ।

    क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल सहज समूह एच मा परेको छ । यस समूहमा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना छन् ।

    ब्राजिल समूह जी मा रहेको छ । यस समूहमा स्विजरल्याण्ड, सर्बिया र क्यामरुन छन् ।  

    आयोजक कतार समूह ए मा पर्दा इंग्ल्यान्ड समूह बी मा छन् ।

    उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग प्रतिस्पर्धा गर्ने छन् ।

    कुन समूहमा कुन राष्ट्र ? 

    समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर

    समूह बी -इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स युक्रेनरस्कटल्याण्ड) 

    समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया

    समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, (युएईरअष्ट्रेलियारपेरु)

    समूह ई – स्पेन, जर्मनी, जापान, (कोस्टारिकारन्युजिल्याण्ड)

    समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा

    समूह जी – ब्राजिल, स्विजरल्याण्ड, सर्बिया, क्यामरुन,

    समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार