Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर अछाममा  एक महिलाको मृत्यु


    शनिबार, चैत्र १९ २०७८
    545
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    काठमाडौँ । अछाममा घर पोत्ने माटो खन्ने क्रममा एक महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नं ७ कि धनसरा जैशीको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

    चैते दशैँको लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा माटो खाडलमा पुरिएर उनको ज्यान गएको हो । जाल्पादेवी सामुदायिक वन क्षेत्रमा पर्ने सो घटनामा घाइते  सोही गाँउकी ४ बर्षीया किशोरी चन्द्रा जैशीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भईरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार