Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कतार विश्वकपको ‘ड्र’ आज सार्वजनिक हुँदै


    शुक्रबार, चैत्र १८ २०७८
    610
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कतार विश्वकप–२०२२ को ‘ड्र’ आज (शुक्रबार) हुँदैछ । आयोजक राष्ट्र कतारको ‘दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टर’ मा हुने ‘ड्र’ नेपाली समयानुसार राति पौने १० बजे सुरु हुनेछ । 

    हालसम्म विश्वकप खेल्ने ३२ टोलीमध्ये २९ टोलीले आफ्नो स्थानमा सुरक्षित गरिसकेका छन् । बाँकी तीन टोलीको टुङ्गो भने प्लेअफबाट लाग्नेछ । 

    अब युरोपियन प्लेअफबाट एक, एसियन–दक्षिण अमेरिकी प्लेअफबाट एक र उत्तर अमेरिका–आसियाना प्लेअफबाट एक टोली गरी तीन देशले विश्वकपमा स्थान बनाउन बाँकी छ ।

    फिफाले छनोट भएका ३२ टोलीलाई फिफा वरीयताअुनसार चार ‘पोट’मा विभाजन गरेको छ । प्रत्येक ‘पोट’मा आठ टोली छन् । यसरी आठ पोटमा चार चार राष्ट्र रहि समूह निर्धारण गरिनेछ ।न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार