Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आइपीएल : चार पटकको विजेता चेन्नई नवप्रवेशी लखनउसँग पराजित


    शुक्रबार, चैत्र १८ २०७८
    515
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    काठमाडौं । चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ।

    बिहीबार राति भएको रोमान्चक खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लखनउले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

    लखनउका जितमा क्विन्टन डी ककले सर्वाधिक  ६१ रन बनाए । यस्तै इभिन लेविसले ५५ तथा  कप्तान केएल राहुलले ४० रनको योगदान गरे ।  चेन्नईका ड्वाने प्रिटोरिउसले २ विकेट लिए ।

    यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो ।

    चेन्नईका लागि रोबिन उथप्पाले  सर्वाधिक ५० रन बनाए । यस्तै शिबम डुबेले ४९ रन र  मोइन अलीले ३५ रन बनाए ।

    लखनउका आभेस खान, एन्ड्रयु टे रबि बोस्नोईले समान२ विकेट लिए ।

    हारसँगै चेन्नईले २ खेलमा अंक जोड्न सकेको छैन । पहिलो खेलमा चेन्नईलाई कोलकत्ता नाइट राइडर्सले हराएको थियो ।

    जितपछि लखनउले २ खेलमा २ अंक जोडेको छ  । पहिलो खेलमा लखनउ गुजरात टाइटन्ससँग पराजित भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार