Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसी विवादपछि पार्टी छाडेका माओवादी नेता पुन: माओवादीमै फर्किए


    बिहिबार, चैत्र १७ २०७८
    545
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । अमेरिकी सहयाेग परियाेजना एमसीसी संसदबाट पारित गर्ने पार्टी केन्द्रकाे निर्णयमाथि असन्तुष्टि जनाउँदै पार्टीनै परित्याग गरेका माओवादी  केन्द्रका नेताहरु पुनः पार्टीमा फर्किएका छन् ।

    माओवादी केन्द्र महोत्तरीका संयोजकसहित प्रदेशस्तरीय आधा दर्जन नेताले एमसीसी अनुमोदनमा पार्टीले साथ दिएको भन्दै परित्याग गरेका थिए ।

    केन्द्रीय समिति बैठकले एमसीसीका बिषयमा पार्टीभित्र उठेका मतभेदहरूलाई सावधान गर्न फोरम सन्चालन गर्ने निर्णय गरिसकेको छ । प्रदेश इन्चार्ज गणेश साहले प्रेस वक्तब्य नै जारी गरेर पार्टीमा नै बसी बहस गर्न अपिल गरेपछि उनीहरू सहमत भएका हुन् ।

    अलग भएको घोषणा गर्ने नेताहरूमा तुलसी ढुङ्गना, रामबहादुर राणा, वैधनाथ यादव, राजन ढुङ्गना, उर्मिला कार्कीलगायत थिए । उनीहरूले अब  पार्टीमा नै कृयाशिल हुने प्रतिबद्धता जनाएका छन् ।

    IMG-20220331-WA0006.jpg.jpgIMG-20220331-WA0007.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार