Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • म्यादी प्रहरीमा जागिर लगाईदिन्छु भन्दै रकम असुल गर्ने पक्राउ


    बिहिबार, चैत्र १७ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले सप्तरीको महदेवा गाउँपालिका-२ बस्ने २३ वर्षीय अरविन्दकुमार मण्डललाई ठगी गरेकाे आराेपमा पक्रेकाे सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    म्यादी प्रहरीमा जागिर लगाई दिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम असुल गरेको आरोपमा मण्डललाई पक्राउ गरेको हो । मण्डललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे प्रवक्ता काफ्लेले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार