Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पनौतीमा ट्रिपरले ठक्कर दिंदा आमाछोरीको मृत्यु 


    मंगलबार, चैत्र ४ २०७६
    715
    Shares
  • २ मिनेट पाठ
  • काभ्रेपलाञ्चोक, ४ चैत । ट्रिपर दुर्घटनाका कारण पैदल यात्रुको मृत्यु बढेपछि सरकारले राति ८ बजेपछि मात्र चलाउन दिने निर्णय गरेको थियो । तर ट्रिपर ब्यवसायी र ठेकेदारहरुको दबाबले त्यो निर्णय फिर्ता लियो । ट्रिपर चालकको लापरबाहीले गर्दा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती बसपार्कमा सोमबार अपराह्न पैदलयात्री आमा छोरीको मृत्यु भएको छ । ट्रिपरको ठक्करका कारण गम्भीर घाइते भएका उनीहरुको बनेपाको शिर मेमोरीयल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

    बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    छोरीलाई जोगाउन खोज्दा आमालाई समेत टिपरले ठक्कर दिएको स्थानीयले जानकारी दिएका छन् । हुइँकिएर आएको टिपरबाट छोरीलाई जोगाउन खोज्दा जूनी आफै पनि जोगिन सकिनन् ।

    गोलेका श्रीमान छिरिङ लामा भने वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षदेखि मलेसियामा छन् । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

        घटनापश्चात आक्रोशित भिडले ढुङ्गामुढा गरेपछि दुई राउण्ड हवाई फायर र पाँच राउण्ड अश्रुग्याँस प्रहार गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
    भिडलाई नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी हबलदार दिलीप बुढाथोकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार