Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा १० दिनमा ९ पटक बढ्यो पेट्रोल-डिजेलको मूल्य


    बिहिबार, चैत्र १७ २०७८
    455
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    एजेन्सी । भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढेको छ । १० दिनमा नवौं पटक मूल्यवृद्धि भएको हो ।

    यसपटक पेट्रोल र डिजेलको मूल्य झण्डै ८० पैसाले बढेको छ । यसरी पछिल्लो १० दिनमा तेलको मूल्य प्रतिलिटर ६.४० रुपैयाँले बढेको छ ।

    समाचार एजेन्सी एएनआईका अनुसार दिल्लीमा ८० पैसाले बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १०१.८१ रुपैयाँ र डिजेलको मूल्य ९३.०७ रुपैयाँ पुगेको छ ।

    मुम्बईमा ८४ पैसा बढेको छ । पेट्रोलको मूल्य ११६.७२ रुपैयाँ र डिजेलको मूल्य १००.९४ रुपैयाँ प्रति लिटर पुगेको छ ।

     

    चेन्नईमा तेलको मूल्य ७६ पैसाले बढेको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १०७.४५ रुपैयाँ र डिजेल ९७.५२ रुपैयाँ प्रतिलिटर रहेको छ ।

    कोलकाताको कुरा गर्दा त्यहाँ पेट्रोल र डिजेलको मूल्य ८३ पैसाले बढेको छ । यहाँ पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १११.३५ रुपैयाँ र डिजेलको प्रतिलिटर ९६.२२ रुपैयाँ पुगेको छ ।

    पछिल्लो १० दिनदेखि सरकारले पेट्रोल र डिजेलको मूल्य क्रमशः बढाउँदै लगेको छ । दैनिक करिब ७५ देखि ८० पैसाले मूल्य बढेको हो ।

    सरकार चुनाव सकिएपछि पेट्रोल र डिजेलको मूल्यवृद्धि गर्ने पर्खाइमा रहेको विपक्षी दलले आरोप लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार