Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रोजगारीका लागि सुनौलो अवसर : नेपाली सेनामा ४ हजार सैन्य पदका लागि दरखास्त खुल्यो, खुलामै २०९८ सिट


    बिहिबार, चैत्र १७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा सैन्य पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

    जंगीअड्डा भर्ना छनोट निर्देशनालयले बिहीबार सार्वजनिक सूचना जारी गरेर सैन्य पदको ४ हजार सिटका लागि दरखास्त आह्वान गरेको हो ।

    खुलातर्फ २ हजार ९८ सिट छ भने समावेशीतर्फ महिला, आदिवासीरजनजाती, मधेसी, दलित र पिछडिएको क्षेत्रलाई छुट्टै कोटा छ । जसअनुसार  महिलामा ३५८, आदिवासी र जनजातीमा ५७२, मधेसीमा ५०५, दलितमा २७२ र पिछडिएको क्षेत्रका लागि ८५ सिट कायम गरिएको छ ।

    त्यस्तै, ४ हजारमध्ये ११० सिट सैनिकका सन्ततिका लागि सुरक्षित गरिएको छ । कर्तव्य पालनको सिलसिलमा अशक्त   र  मृत्यु भएका नेपाली सैनिकका सन्ततिले उक्त कोटामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

    कक्षा ८ उत्तीर्ण भएका तथा १८ वर्ष पूरा गरी २२ वर्ष ननाघेका (बहालवाला उम्मेदवारको हकमा २६ वर्ष ननाघेका)उम्मेदवारले १६ वैशाखभित्र दरखास्त दिनुपर्नेछ । दोब्बर दस्तुर तिरेर २३ वैशाखसम्म दरखास्त दिन सकिने व्यवस्था कायम गरिएको छ ।

    सैन्य पदका लागि शारीरिक योग्यता पनि कायम छ । पुरुषको हकमा उचाइ न्यूनतम ५ फिट ३ इन्च हुनुपर्नेछ भने छाती नफुलाइ ३२ र फुलाउँदा ३४ इन्च हुनुपर्नेछ । त्यस्तै, तौल कम्तीमा ५० केजी हुनुपर्नेछ ।

    महिलाको हकमा उचाइ ५ फिट कायम गरिएको छ भने तौल न्यूनतम ४० केजी हुनुपर्ने छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार