Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्व इतिहासमा आजः ब्राजिलमा सैनिक तानाशाहको उदयदेखि इफेल टावर खुला


    बिहिबार, चैत्र १७ २०७८
    460
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    काठमाडौँ । आज ३१ मार्च २०२२, विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः 

    ब्राजिलका सैनिक तानाशाह
    सन् १९६४ मा  कुमार्फत सैनिक तानाशाह हम्बर्टो कास्टेलो ब्रान्को ब्राजिलको सत्तामा पुगेका थिए । ब्रान्कोकोे शासन कालमा वामपन्थी विपक्षीमाथि चरम दमन भएको थियो, जसका कारण सन् १९६८ मा देशमा व्यापक सामाजिक अशान्ति र हडताल भएको थियो ।

    अमेरिकामा डीएसटी सुरु
    सन् १९१८ मा संयुक्त राज्य अमेरिकामा पहिलो पटक मानक समय डेलाइट सेभिङ टाइम (डीएसटी) सुरु भएको थियो । अमेरिकाका हवाई र एरिजोनाबाहेक धेरैजसो क्षेत्रहरूले वर्षमा दुई पटक घडीहरू परिवर्तन गर्छन् ।  डीएसटी पहिलो पटक प्रयोग गर्ने देश जर्मनी हो ।

    इफेल टावर खुला
    सन् १८८९ मा फ्रान्सको इफेल टावर खुला गरिएको थियो । फ्रान्सेली इन्जिनियर अलेक्जेन्डर गुस्ताभले टावरको माथिबाट फ्रान्सेली झन्डा फहराएपछि टावर खुला गरिएको थियो । सोही समयदेखि नै उक्त टावर पेरिसको प्रतिष्ठित चिह्न बनेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार