Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बलात्कारको झुटो आरोप लगाउने युवती जेल चलान


    बिहिबार, चैत्र १७ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • अछाम ।बलात्कारको झुटो आरोप लगाउने कमलबजार नगरपालिकाका एक युवतीलाई अदालतले जेल चलानको फैसला सुनाएको छ । 

    कमलबजार नगरपालिकाकी १९ वर्षीया युवतीलाई साढे तीनवर्षको जेल सजाय तोकिएको हो । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलासले सो फैसला गरेको थियो ।

    बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय नन्दराम खनाललाई सफाइ दिएर अदालतले युवतीलाई कारागार पठाउने फैसला गरेको हो ।

    युवकले तत्काल विवाह नगर्ने भनेपछिआवेगमा युवतीले बलात्कारको उजुरी दिएर फसाउन खोजेको बताइएको छ । तर, झुटो आरोप लगाएको पुष्टि भएपछि युवतीलाई अदालतले कैद फैसला गरेको बताइएको छ ।

    ती युवतीले नन्दरामले माघ १५ गते राति आफ्नै घरमा बलात्कार गरेको भन्दै माघ १७ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

    झुटा मुद्दामा फसाउने प्रयत्न गरेवापत मुलुकी फौजलारी कार्यविधि संहिता २०७४ दफा २१९ अनुसार तीन वर्ष छ महिना कैद हुने ठहर गरेको छ । नन्दरामलाई प्रहरीले कमलबजार नगरपालिका–६ गैरीटाँड बजारबाट माघ १८ गते पक्राउ गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार