Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्री सद्भाव युवा समाज कतारको चौधौँ वार्षिक साधारणसभा सम्पन्न


    बुधबार, चैत्र १६ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडाैं । श्री सद्भाव युवा समाज कतारको चौधौँ वार्षिक साधारणसभा तथा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

    कतार स्थित शालीमार रेष्टुरेन्टमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष गुणानिधि घिमिरेको सभापतित्व रहेको थियाे ।

    NRNA-NCC कतारका प्रमुख सल्लाहकार एवं श्रमिक समस्या समाधान तथा राहत वितरण समितिका पुर्व संयोजक उत्तम गुरुङको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा NRNA-NCC कतार, पत्रकार महासंघ कतार,  नेपाली महिला समाज कतार, हिमालयन युवा समाज कतार, तमु समाज कतार, मगर समाज कतार, तामाङ समाज कतार, प्येल्हु संघ कतार, लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियाे ।

    277215884_815361246510715_796905976473358553_n.jpg

    कार्यक्रमको पहिलो चरणमा संस्थाले वर्ष 2022 मा सम्पादन गरेका मुख्य विवरण सहितको संस्थाको वार्षिक प्रगती प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेकको थियो  भने दोश्रो चरणमा विविध साँस्कृतिक प्रस्तुतिहरु रहेको थियो । 

    मातृभूमिमा जुनकुनै प्राकृतिक विपत्ति तथा महामारी जस्ता दैविक प्रकोपहरु लगायत प्रवासमा कुनै समस्या र दुःखमा परेका नेपालीहरुको सहयोगका खातिर सक्दो सहयोग प्रदान गर्दै आईरहेको सदभाव युवा  समाज कतारले  चौधौँ वार्षिक साधारणसभाबाट २०२२ को लागि निम्न बमोजिमको कार्यसमिति समेत चयन गरेको छ । 

    अध्यक्ष -: चण्डी प्रसाद भुषाल

    प्र. उपाध्यक्ष -: टिका बिष्ट

    द्वि. उपाध्यक्ष -: बिनोद दुलाल

    महासचिव -: विजय गुरुङ

    सचिव -: रुस्तम मोक्तान

    कोषाध्यक्ष -: रामचन्द्र न्यौपाने

    सहसचिव -: भरत गुरुङ

    सहकोषाध्यक्ष-: मनिष बोहरा 

    सदस्यहरू -:  टिका राना, राजकुमार निरौला, धर्मराज पोखरेल,दुर्गा उप्रेती, श्री बिष्णु श्रेष्ठ, हेम कुमार चोङवाङ र बिशाल कार्की रहेका छन् । 

    त्यसैगरि सद्भाव युवा समाज कतारको संरक्षक समितिमा  संस्थाका अंग्रज ब्यक्तिहरु पूर्ण बहादुर मगर , भुगोलकाजी श्रेष्ठ ,चोप बहादुर गुरुङ ,शिशिर काफ्ले ,सुरेश तामाङ रहेका छन् । 

    संस्थाको सल्लाहकारहरुमा गुणनिधि घिमिरे, प्रकाश जी सी , कृष्णहरि पौडेल, किशोर गुरुङ , छबि भट्ट ,दिपकराज उप्रेती र लाल बहादुर गुरुङ रहेका छन्  ।
     संस्थाको सांस्कृतिक बिभागमा प्रमुख राम लामा र सदस्यहरुमा चित्र बहादुर गुरुङ ,रित कुमार राई ,टिका गुरुङ र राजु रायमाझी रहेका छन् । 

    संस्थाको लेखा समिति संयोजक सुरज सुबेदी र सदस्यहरुमा नबिन अर्याल र हरि गुरुङ रहेका छन्  ।त्यसैगरि संस्थाको प्रविधि बिभागमा डिल्ली तामाङ, नेत्र गुरुङ बिन्दुबाबु तामाङ रहेका छन् 

    277043069_1102040767006328_7345735745294679147_n.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार