Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेसीसहर-चामे सडकखण्डमा काठेपुल हटाएर कल्भर्ट निर्माण


    बुधबार, चैत्र १६ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । मनाङ जोड्ने बेसीसहर-चामे सडकखण्ड मंगलबारदेखि सञ्चालनमा आएको छ । सडकखण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कल्भर्ट निर्माण गरिएको हो । कल्भर्टको ढलान पूर्ण रुपमा ‘सेट’ नभएका कारण २० फागुदेखि सडक बन्द थियो ।

    सडक निर्माणका लागि बन्द रहेको सडक २५ दिनपछि पूर्ण रुपमा खुलाइएको डुम्रे-बेसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ ।

    पैदल यात्रुबाहेक सवारी साधनका लागि सडक बन्द गरिएको थियो । जिल्लाको नासो गाउँपालिका–९ स्थित तिमाङ छहराको दुई ठाउँमा कलभर्ट निर्माण गरिएको छ । 

    तल्लो तिमाङ स्ल्याब कल्भर्ट पुल भ्याट र कन्टिनजेन्सीसहित ११ लाख ८५ हजार र माथिल्लो तिमाङ स्ल्याब कल्भर्ट १९ लाख ९४ हजारमा निर्माण गरिएको हो । दुवै कल्भर्ट पुल ग्याल्सुम्दो कन्स्ट्रक्सन एन्ड सप्लायर्सले निर्माण गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार