Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चैतभित्र हातहतियार बुझाउन तेह्रथुम प्रशासनको निर्देशन


    बुधबार, चैत्र १६ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय

    ले चैत मसान्तभित्र हातहतियार बुझाउन निर्देशन जारी गरेको छ ।  सार्वजानिक सूचना जारी गर्दै जिल्ला प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन निर्देशन दिएको हो ।

    प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको बताए । स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन तथा शान्ति सुरक्षा कायम राख्नका लागि जिल्लाभित्र रहेको इजाजत प्राप्त हातहतियार चैतभित्र जिल्ला प्रहरी कार्यालय तथा नजिकैको

    प्रहरी चौकीमा बुझाउन स्थानीय प्रशासनले सबैमा अनुरोध गरिएको  छ ।

    1648552549570.jpg
    undefined

     

    गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकबाट भएको निर्णयानुसार तोकिएको समय अनुसार हातहतियार नबुझाएमा कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार