काठमाडौं । दुई पक्षबीच बिबाद भएपछि विवेकशील साझा पार्टीको बखुन्डोलस्थित केन्द्रीय कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ।
पार्टी कार्यालयमा रहेको हलमा कार्यक्रम गर्ने विषयलाई लिएर दुवै पक्ष वादविवादमा उत्रिएका हुन् । एउटै समयमा संस्थापन पक्ष र असन्तुष्ट पक्षले पार्टीको हलमा कार्यक्रम गर्न खोजेपछि विवाद उत्पन्न भएको साझा विवेकशील पार्टीका नेता प्रकाशचन्द्र परियारले जानकारी दिए ।
‘पार्टीको कार्यक्रम थियो । त्यही हलमा असन्तुष्ट पक्षले पनि कार्यक्रम गर्न खोजेपछि विवाद भएको हो । अहिले दुवै पक्षको कार्यक्रम नभएपछि विवाद सकियो,’ परियारले भने ।
असन्तुष्ट पक्षले पार्टी कार्यालयमै पत्रकार सम्मेलन गर्न खोजेको थियो । तर, अर्को पक्षले पत्रकार सम्मेलन गर्न नदिएपछि केहीबेर विवाद उत्पन्न भएको हो । दुई पक्षका नेता तथा कार्यकर्ताबीच धलेकलाधकेलको अवस्था सिर्जना भएपछि प्रहरीले दुबै पक्षलाई पार्टी कार्यालय बाहिर निकालेको थियो।
असन्तुष्ट पक्षले सोमबार रवीन्द्र मिश्रसहितका नेताहरूलाई तीन दिने स्पष्टीकरण सोधेको थियो । त्यसको विषयमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । तर, मिश्र पक्षले पत्रकार सम्मेलन नै गर्न नदिएपछि अनसन्तुष्ट पक्षले पार्टी कार्यालयमै नाराबाजी गरेको हो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend