काठमाडाैं । नेपालमा इन्डियाली अतिक्रमणको भूराजनीतिक आयामझ भन्ने विषयमा स्विटजरल्यान्डको जुरिचमा एक जूम वेबिनारको आयोजना गरिएको छ ।
संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को ४९ औं सत्रको साइड इभेन्टका रूपमा मार्च २५ तारिखमा सञ्चालित उक्त जूम वेबिनारमा ‘अन्तर्राष्ट्रिय सुरक्षा तथा विकास केन्द्र’ , बर्लिनका वरिष्ठ अनुसन्धाता डा. सरिफ असिस , ञअन्तर्राष्ट्रिय युवा समाज, नेपालझ का सभापति डा. पिया रत्न महर्जन र ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल वक्ताका रूपमा सहभागी थिए भने कार्यक्रमको सञ्चालन ‘युवा उत्थान लैङ्गिक समानता’ की संस्थापक अभियन्ता सुश्री साहला अनिसले गरेकी थिइन् ।
स्विटजरल्यान्डका International Human Rights Movement´, Khiam Rehabilitation Center´ (KRC) Universal Human Rights Council´ नामक संस्थाहरूको प्रायोजनमा भएको उक्त कार्यक्रममा वक्ताहरूले नेपालमा इन्डियाली अतिक्रमणको भूराजनीतिक आयामबारे प्रकाश पारेका थिए । जुरिचमा सञ्चालित उक्त कार्यक्रमलाई जेनेभाबाट होस्ट गरिएको बताइएको छ ।
कार्यक्रमका वक्ताहरूले नेपालमा इन्डियाली अतिक्रमणको भूराजनीतिक आयामका बारेमा चर्चा गर्दै इन्डियाले नेपालको जमिन अतिक्रमण गरेको मात्र होइन सीमावर्ती जनतामा त्रास र अशान्ति फैलाएर मानवअधिकारको हनन गरेको बताएका थिए ।
उक्त कार्यक्रममा नेपालमा इन्डियाली अतिक्रमणको भूराजनीतिक आयाम कति सघन र व्यापक छ भन्ने विषयमा प्रकाश पार्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले इन्डियाका प्रधानमन्त्रीले नै नेपालमा इन्डियाली अतिक्रमणको नेतृत्व लिएको उदाहरण प्रस्तुत गरेका थिए ।
मोर्चाका अध्यक्ष नेपालले गत पुस १५ गते इन्डियाका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको लिपुलेकमा इन्डियाले सडक विस्तार गरेको कुरालाई गौरवको विषय बनाएर नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि खुला रूपमा प्रहार गरेको प्रसङ्ग उठाएका थिए ।
नेपालको ६०००० वर्ग किलोमिटरभन्दा बढी भूमि इन्डियाको उपनिवेशमा रहेको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएका मोर्चाका अध्यक्ष नेपालले उक्त जूम वेबिनारमा कालापानी क्षेत्रलाई इन्डियाले उसको नक्सामा राखेपछि नेपालले पाँच पटकसम्म कूटनीतिक नोट पठाउँदा पनि कुनै प्रतिक्रिया नदिएर अतिक्रमणलाई निरन्तरता दिन खोजेको बताएका थिए ।