Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भोलि पत्रकार महासंघको स्थापना दिवस, प्रभातफेरीदेखी स्वास्थ्य परीक्षणसम्म


    मंगलबार, चैत्र १५ २०७८
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    काठमाडौं । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सिनामंगलदेखि सञ्चारग्रामसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिने भएको छ । 

    महासंघको ६४ औं स्थापना दिवसको अवसर पारेर महासंघ केन्द्रीय कार्यालयमा स्वास्थ्य शिविर आयोजना गरिने भएको छ भने उक्त स्वास्थ्य शिविरमा मृगौला, दन्त परीक्षण र रक्त संकलन गरिनेछ । 

    महासचिव रोशन पुरीका अनुसार अपरान्ह १२ बजे होटल एभरेष्टमा ‘पत्रकार तथा सञ्चार माध्यममा कोभिड(१९ को प्रभाव’को विषयमा अन्तर्क्रिया कार्यक्रम राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार