काठमाडौं । मोहम्मद सामीको उत्कृष्ट बलिङप्रेरित गुजरात टाइटन्सले सोमबार राति इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्टलाई पाँच विकेटले हराएको छ ।
सामीले २५ रन दिएर तीन विकेट लिएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको लखनउले निर्धारित २० ओभमा ६ विकेट गुमाएर १५८ रन बनाएको थियो । १५९ रनको लक्ष्य गुजरातले दुई बल बाँकी हुँदा पाँच विकेट गुमाएर पूरा गरेको हो ।
गुजरातले पहिलो दुई विकेट सुरुमै गुमाएको थियो । शुबमन गिल शून्य र बिजय शंकर चार रन बनाएर आउट भएका थिए । त्यसपछि कप्तान हार्दिक पाण्डेय र म्याथ्यु वेडले गुजरातको इनिङ्स सम्हाले । तेस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे । पाण्डेयले २८ बलमा ३३ रन बनाए । लगत्तै वेड पनि ३० रन बनाएर पवेलियन फर्किए ।
त्यसपछि डेबिड मिल्नर र राहुल टेवाटियाले पाँचौं विकेटका लागि ६० रनको साझेदारी गरेपछि गुजरात जिततर्फ लम्बिएको हो । मिल्नरले २१ बलमा ३० रन बनाए । टेवाटियाले २४ बलमा अविजित ४० रन बनाए । अभिनब मनोहरले अविजित १५ रन बनाए ।
लखनउका दुशमान्था चमीराले दुई विकेट लिए भने अभेश खान, क्रुनाल पाण्डेय र दीपक हुडाले एक एक विकेट लिए ।
त्यसअघि लखनउका लागि हुडाले सबभन्दा धेरै ५५ रन बनाए । आयुष बनोडीले ५४ रन बनाए । क्रुनाल पाण्डेयले अविजित २१ रन बनाए ।
गुजरातका शामीबाहेक बरुण आरोनले दुई र रसिद खानले एक विकेट लिए