Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर बजारमा आइतबार पाँच अर्ब कारोबार, नेप्से ४१ अंक घट्यो


    आइतबार, चैत्र १३ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली सेयर बजार नेप्से परिसूचक ४१ दशमलव ४१ अ‌ंकले घटेकाे छ ।  परिसूचक घटेसँगै नेप्से २५ सय ७२ दशमलव २८ अंकमा रोकिएको छ।

    नेप्सेमा कारोबार रकममा गत बिहीबारभन्दा  उल्लेख्य रूपमा बढेको छ। आइतबार ८९ लाख २३ हजार कित्ता सेयर खरिद बिक्री हुँदा  चार अर्ब ९८ करोड  रुपैयाँको कारोबार भएको छ ।

    अघिल्लो साताको अन्तिम दिन बिहीबार नेप्सेमा ५२ लाख ५८ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब २४ करोड ८९ लाख ४३ हजार रुपैयाँको कारोबार भएको थियो ।

    बजारमा आइतबार १६६ कम्पनीका सेयरधनीले गुमाएका छन् भने २५ कम्पनीका सेयर धनीले मात्र नाफा कमाएका छन् । बजारमा धेरैजसो लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले नाफा कमाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार