Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवैध ग्राभेल उत्खनन् गर्ने पाँच टिपर र एक स्काभेटर प्रहरी नियन्त्रणमा


    आइतबार, चैत्र १३ २०७८
    495
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिरहा । अवैध रुपमा ग्राभेल उत्खनन् गर्ने पाँच टिपर र एक वटा जेसीबीलाई प्रहरीले सिरहाकाे गोलबजार-१ मुक्सारबाट नियन्त्रणमा लिएको छ । स्थानीयले दिएकाे सूचनाकाे आधारमा प्रहरीले ना३ख ६८१२, प्र २–०१–००१ ख ०२४३, ना३ख ८७७७, प्र२ –०१–००१ ख ०१०१ र रा१ख २०८८ नम्बरको टिपर र नम्बर उल्लेख नभएको चेनवाला स्काभेटर शनिवार राति नियन्त्रणमा लिएकोहो ।

    टिपर र स्काभेटर नियन्त्रणमा लिए पनि साचो लिएर ड्राइभरहरू फरार भएकाले चार वटा टिपर र स्काभेटर प्रहरीको सुरक्षामा उत्खनन् स्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । उत्खनन् गरिरहेको अवस्थामा प्रहरी गएपछि सबै गाडीका चालक भागेका थिए ।

    प्रत्येक वर्ष विकास निर्माण सुरु भएसँगै सिरहाको गोलबजार, धनगढीमाई, मिर्चैया, कर्जन्हा र लहान नगरपालिकाको उत्तरीक्षेत्रमा अवैध उत्खनन हुने गरेकाे छ । स्थानीय निकायमा नै खानी दर्ता गर्ने र त्यसको राजस्व लिने व्यवस्था भए पनि उनीहरूको मौनताले मिलेमताेकाे आशंका स्थानीयले गरेका छन् । 

    गोलबजार नगरपालिकाका सूचना अधिकारी दिनेश सहनीले कुनै पनि खानी नगरमा दर्ता नभएको जानकारी दिएका छन् । सहनीले प्रहरीले टिपर नियन्त्रणा लिएको विषयमा पनि जानकारी नभएको जनाए । उनले भने, ‘हाम्रोमा अहिलेसम्म जानकारी आएको छैन, प्रहरीले प्रकृया पुर्याएर जिम्मा लाउँछ होला ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार