Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीबाट घोडाघोडी-१ को वडा अध्यक्षमा लक्ष्मण न्युरेले पाए टिकट


    शनिबार, चैत्र १२ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी। कैलालीको घोडाघोडी नगरपालिका–१ को वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रले लक्ष्मण न्युरेलाई टिकट दिने निर्णय गरेको छ । 

    शनिबार बसेको माओवादी केन्द्र जिल्ला समन्वय समिति र घोडाघोडी नगर कमिटीको पूर्ण वैठकले सर्वसम्मत रुपमा लक्ष्मण न्युरेलाई टिकट दिने निर्णय गरेको हो । 

    आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि घोडाघोडी–१ मा लक्ष्मण न्युरेलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा माओवादी केन्द्रका वडा सचिव गोपाल रेग्मीले बताए । अन्य उम्मेदवारको भने टुंगो नलागेको उनको भनाइ छ । लक्ष्मण न्युरे नेकपा माओवादी केन्द्र घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्षसमेत हुन् ।
     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार