Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री कार्यालयमा दिउँसो साढे तीन बजे नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय बैठक बस्ने


    शनिबार, चैत्र १२ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं  ।  नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय बैठक आज दिउँसो तीन बजे बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक बस्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गर्नेछन् । 

    बैठकमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल हुने जनाइएको छ । बैठक सकिएपछि दुई देशबीच केही सम्झदारी तथा सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । 

    बैठक सकिएपछि चिनियाँ विदेशमन्त्रीले आज नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार