Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला सुरु


    शनिबार, चैत्र १२ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय भेला आज हुँदैछ । नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा हुने भेलालाई पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आज बिहान साढे ९ बजे सम्बोधन गर्ने छन् । 

    भेलाको समापन समारोहलाई भने पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने भएका छन् । संगठनको प्रथम राष्ट्रिय भेलाले स्थानीय निर्वाचनमा पार्टीलाई सहयोग गर्नेगरी कार्यक्रम तय गर्ने बताइएको छ ।

    भेलामा देशभरबाट संगठनमा आबद्ध पत्रकारहरू आएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार