Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज चैत १२ गते शनिवारको राशिफल


    शनिबार, चैत्र १२ २०७८
    545
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । आज १२ चैत २०७८, तदनुसार २६ मार्च २०२२ शनिवार । यस्तो छ आजको भाग्यफल

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :

    गरेको कार्यबाट नपत्याउँदो सफलता र फाइदा हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :

    आज व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । सरकारी निकायको भय रहला । परिवारमा चिन्ता बढ्न सक्छ, तर विद्यामा सफलता पाइनेछ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :

    आज आफन्तसँग सहकार्यको अवसर मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । एउटै कामबाट दोहोरो लाभ पनि मिल्नेछ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :

    प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :

    प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :

    लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भय पनि छ ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :

    सामाजिक पद र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :

    शुभ समाचार सुन्न पाइएला । कृषि क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : 

    आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । जोशजाँगर र हिम्मत पनि बढ्न सक्छ ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : 

    आज लगनशीलताले गरेका कामहरू अगाडि बढ्नेछन् । सामाजिक संस्थाबाट सहयोग र पदोन्नतिको सम्भावना प्रबल रहेको छ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : 

    आज रोकिएको धन पाइएला । धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पाइनेछ ।

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

    आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । पारिवारिक मनोरञ्जन हुने र सद्भाव बढ्नेछ । व्यापार, व्यवसायमा चैं लाभ नमिल्ला ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार