Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पौडेलले बोलाएको भेलामा शशांक उपस्थित, शेखर र प्रकाशमान गएनन्


    शुक्रबार, चैत्र ११ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं  ।  नेपाली कांग्रेस केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेलामा शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित भएका छन् ।

    नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिनका लागि पौडेलले बोलाएको बैठकमा कोइराला र सिंह अनुपस्थित भएका हुन् ।

    काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूलाई बोलाएर केन्द्रीय समिति बैठकमा धारणा राख्नुअघि राय माग्नका लागि बोलाएको बैठकमा पूर्व महामन्त्री शशांक कोइराला भने उपस्थित भएका छन् । बैठक जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार