Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डा. हर्क गुरुङ प्रतिष्ठानलाई साढे दुई लाख सहयोग


    शुक्रबार, चैत्र ११ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ  ।  भूगोलविद् डा. हर्क गुरुङको स्मृतिमा खोलिएको डा. हर्क गुरुङ प्रतिष्ठानलाई तमु प्ये ल्हु संघ बेलायतले आर्थिक सहयोग गरेको छ ।

    डा. गुरुङको समाधिस्थल रहेको मर्स्याङदी गाउँपालिका-७ ताङ्लीचोकमा निर्माणाधीन पार्कका लागि तमु प्ये ल्हु संघ बेलायतले २ लाख ५७ हजार ३ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो । तमु प्ये ल्हु संघ बेलायतका अध्यक्ष रणबहादुर गुरुङले प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

    प्रतिष्ठानले डा. हर्क गुरुङको समाधिस्थलमा पार्क निर्माण गर्न लागेको थाहा पाएपछि सहयोग लिएर आएको तमु प्ये ल्हु संघ बेलायतका अध्यक्ष रणबहादुर गुरुङले बताए ।  गुरुङको स्मृतिमा समाधिसँगै पार्क निर्माण गर्न डिपिआर तयार भइरहेको छ । ताङ्लीचोकमा रहेको समाधिस्थलसँगै पार्क र अन्य संरचना निर्माण गरिने प्रतिष्ठानले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार